लागुऔषधसहित युवक पक्राउ

काठमाडाैं । लागुऔषधसहित प्रहरीले महोत्तरीमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा एकडारा गाउँपालिका–३ अमरपट्टीका २४ वर्षीय पप्पुकुमार मण्डल  छन् ।

सिमावर्ती भारतीय शहर भिठ्ठामोडबाट ज१२प.८३४ नं को मोटरसाइकलमा चढेर नेपाल आउने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जलेश्वर नपा– ६ स्थित सडकमा चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषधसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री