नक्कली कागजात बनाउने कार्यमा संलग्न ३ जना पक्राउ

काठमाडौं । प्रहरीले नक्कली कागजात  बनाउने कार्यमा संलग्न ३ जनालाईपक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगा रानीवन गाउँपालिका– ७ का सविनकुमार तोलांगी, चितवन रत्ननगर नगरपालिका– १६ का अमृत सुर्खेती र धादिङको नीलकण्ठ नगरपालिका– ९ का मधुसुदन दवाडी रहेका छन् ।

पक्राउ परेकामध्ये दवाडीको साथबाट विभिन्न विद्यालय तथा  कलेजको नक्कली प्रमाणपत्र बरामद भएको छ ।

यस्तै ,सशस्त्र प्रहरी बल बंगलामुखी विशेष कार्यदल गण हलचोकको स्पेशल टाक्स फोर्स, सुरक्षा तालिम, हतियार तालिम र विशिष्ट व्यक्तिको सुरक्षा तालिमको प्रमणपत्र फेला परेको छ । उनीहरुको साथ नक्कली प्रमणपत्र बनाउन प्रयोग भएका प्रिन्टर, कम्प्युटर, लेटरप्याड लगायतका सामग्री  फेला परेको पनि छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री