मेगा बैंकलाई ‘बैंक अफ दि इयर’ अवार्ड

काठमाडाैं । बेलायतस्थित द फाइनान्सियल टाइम्सले प्रदान गर्दै अाएकाे ‘बैंक अफ दि इयर २०१९’ काे अवार्ड मेगा बैंकले पाएकाे छ ।लण्डनमा बिहीबार एक समारोह बीच मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले ‘बैंक अफ दि एयर, २०१९’ को सम्मान ग्रहण गरेका हुन् ।

“दि बैंकर” ले विश्वभरका १२० भन्दा बढी राष्ट्रहरुका १ हजार भन्दा बढी बैंकहरु मध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनौट गरी बैंक अफ दि इयर पुरस्कारबाट वर्षै पिच्छे सम्मानित गर्ने गरेको छ ।

सम्मान ग्रहण गरेपछि मेगा बैंकका अध्यक्ष शाहले अनवरत रुपमा ग्राहकवर्गलाई उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै थप हौसलाका साथ अघि बढ्न यो सम्मान मेगा बैंकका लागि महत्वपूर्ण कोसेढुङ्गाको रुपमा स्थापित भएको व्यहोरा व्यक्त गरे ।

अध्यक्ष शाहले मेगा बैंकको सफलता एवं उपलब्धीमा आप्mनो सहयोग, साथ तथा हौसलाद्वारा महत्वपूर्ण योगदान पु¥याउने ग्राहकवर्ग, शेयरधनी, कर्मचारी, नियामक निकायहरु, सञ्चार जगत लगायत शुभेच्छुकहरुप्रति आभार र कृतज्ञता समेत व्यक्त गरे ।

यसैगरी, मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले नौ वर्षको छोटो सञ्चालन अवधिमै गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गरेर प्रतिस्पर्धाको अग्रपङ्क्तिमा रहन सफल भएकै कारण मेगा बैंकले ‘बैंक अफ दि एयर, २०१९’ को उपाधि हासिल गरेको बताईन ।

उनले आगामी दिनहरुमा बैंकलाई थप सबल, समृद्ध एवं सक्षम बनाउन सबैको निरन्तर साथ र सहयोग रही रहने विश्वास प्रकट गर्दै आगामी दिनहरुमा समेत उत्कृष्ट सेवा प्रदान गर्न मेगा बैंक सदैब कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गरिन।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री