देवः विकास बैंकको शाखा कावासोती र धादिङ्गवेशीमा

काठमाडौं । देवः विकास बैंकले कावासोती नगरपालिका, वडा नं २ स्थित कावासोतीमा र नीलकण्ठ नगरपालिका, वडा नं ३ स्थित धादिङ्गवेशीमा संचालनमा ल्याएको छ । कावासोतीमा एक औपचारिक समारोहबीच बैंक संचालक समितिका सदस्य सुदनरत्न बज्राचार्यले उद्घाटन गरे ।

धादिङ्गवेशी शाखा कार्यालयका एक औपचारिक समारोहबीच बैंक संचालक समितिका सदस्य विजयराज शर्मा भूसालले उद्घाटन गरे ।

सुदनरत्न बज्राचार्यले द्रुत आर्थिक गतिविधिमा अग्रसर नवलपुर क्षेत्रको आर्थिक विकासमा हातेमालो गरी स्थानीयसँगको सम्बन्धलाई अझ मजबुत बनाउन यस क्षेत्रमा थप शाखा संचालनमा ल्याएको जनाए ।

कार्यक्रममा बैंकको गतिविधि माथी प्रकाश पार्नु हुँदै बैंकका संचालक समितिका सदस्य बिजयराज शर्मा भुषालले बैंक साना तथा मझौला व्यवसायमा केन्द्रित रहने जानकारी दिए ।

कार्यक्रममा नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष, डासुराम पोखरेलले देवः विकास बैंक नवलपुर जिल्लामा बैंकले थप सेवा विस्तार गरी व्यवसायिक कारोवारको दायरा बढाएकोमा शुभकामना व्यक्त गर्नु हँुदै उद्योगी व्यवसायीलाई कर्जा कारोवार गर्न उत्प्रेरित दिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले देशको आर्थिक अभिबृद्धिमा टेवा पुर्याउन बैकिङ्ग सेवालाई गाउँ तथा ग्रामिण क्षेत्रमा विकेन्दिकृत गरी स्थानीयस्तरमा उद्यमशीलताको विकास र आर्थिक अभिबृद्धि गर्नका लागि सहकार्य गरिने प्रतिवद्धता सहित सम्पूर्ण अतिथिहरुलाई स्वागत गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री