बोनम्यारोसम्बन्धी रोग लागेका पत्रकार डिलप्रकाश शर्माको उपचारका क्रममा निधन

सुर्खेत । सुर्खेतमा रहेर सक्रिय पत्रकारिता गरिरहेका दैलेखका पत्रकार डिलप्रकाश शर्माको बिहीबार निधन भएको छ ।

संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशका सचिव समेत रहेका पत्रकार शर्मा बोनम्यारो रोगसँग ७ महिनाअघिदेखि ग्रसित  थिए ।

उनकी बहिनी नानकला शर्माको बोनम्यारो प्रत्यारोपण गर्ने बेलामा उनको निधन भएको हो । पत्रकार शर्मा स्थानीय पत्रिका साझा बिसौनी दैनिकमा आवद्ध थिए ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री