धनकुटामा अान्दाेलनकारी र प्रहरीबीच झडप

काठमाडौं । प्रदेश नं. १ को राजधानी धनकुटा बनाइनु पर्ने मागसहित आन्दोलनरत् धनकुटावासी र प्रहरीबीच झडप भएको छ । झडपमा ३ जना घाइते भएका छन् ।

बुधबार प्रदेश राजधानी माग गर्दै ३३ औँ दिनको आन्दोलनमा आमहडतालको आयोजना गरी क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा तालाबन्दी गर्ने कार्यक्रममा झडप भएको हो ।

आमहडतालले धनकुटाका बजार, शिक्षण संस्था, वित्तीय संस्था, उद्योग व्यवसाय बन्द रहेका छन् साथै कोशी राजमार्गमा यातायात ठप्प छ ।

आन्दोलनकारीले आमहडताल घोषणा गरेपछि कोशी राजमार्ग हुँदै संखुवासभा, भोजपुर, तेह्रथुमलगायतका जिल्लातर्फ हिँडेका सयौँ सवारी साधन भेडेटार, मूलघाट, हिले, संधुवालगायतका स्थानमा सवारी साधन रोकिएका कारण यात्रु अलपत्र परेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

दार्चुलामा जात्रा हेरेर फर्केका यात्रु सवार जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ७ घाइते

काठमाडौं । दार्चुलाको मालिकार्जुन जात्राबाट फर्केका दर्शनार्थी चढेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । मालिकार्जुन जात्राबाट गोकुलेश्वरतर्फ आइरहेको जिप दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डीएसपी प्रकाश दाहालकाअनुसार शैल्यशिखर नगरपालिका-६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान ४ बजेतिर दुर्घटना भएको हो ।

प्रतिकृया दिनुहॊस