अजोड इन्स्योरेन्सको ३ महिनाको नाफा ७८ लाख

काठमाडौं ।  अजोड इन्स्योरेन्स  चालु आर्थिक वर्षको प्रथम तीन महिनामा  नाफा ७८ लाख रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले प्रथम तीन महिनामा  २० करोड ७ लाख कुल बीमा शुल्क आर्जन गरेको छ ।

गत वर्ष सोही अवधिमा कम्पनीले ४ करोड २९ लाख रुपैयाँ मात्र कुल बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको समिक्षा अवधिमा ३ हजार ७३५ बीमा लेख जारी गरेकोमा यस वर्षको समिक्षा अवधिमा २६ हजार ४४३ बीमा लेख जारी गरेको छ ।

चालु आर्थिक वर्षको प्रथम ३ महिनामा ५ करोड ३६ लाख बीमा दावी भुक्तानी गरेको छ भने थप ४ करोड ११ लाख रुपैयाँ दावी भुक्तानी हुन बाँकी रहेको कम्पनीले जनाएको छ ।

 

चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको यस कम्पनीले चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशनको तयारी गरिरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन …

प्रतिकृया दिनुहॊस