माछापुच्छ्रे बैंकले ल्यायो ११ शाखा सञ्चा‍लनमा

काठमाडौं । माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लाहरुमा ११   शाखा कार्यालय संचालनमा ल्याएकाे छ।

बैंकले चितवनाको हाकिमचोक र पर्सा, नवलपरासीको बर्दघाट, रुपन्देहीको मनिग्राम, कपिलवस्तुको चन्द्रौटा र तैलिहवा, दाङको तुल्सीपुर र लमही, बर्दियाको गुलरिया तथा कैलालीको लम्की र अत्तरियामा  संचालनमा ल्याएकाे हो ।

ती शाखा कार्यालयहरुको सम्बन्धित महानरपालिका तथा नगरपालिकाका स्थानीय जनप्रतनिधि एवम् बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

बैंकले देशभर १४४ वटा शाखाहरु र १३३ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा २७७ स्थानबाट ग्राहकमा सम्पूर्ण बंैकिङ सुबिधा प्रदान गरिरहेको छ ।

साथै  देशभर रहेका १६७ वटा एटीएमहरुमार्फत बैंकले २४ सै घन्टा सेवा प्रदान गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री