लायन्स क्लवद्वारा अनाथालयलाई विभिन्न सामग्री प्रदान

 काठमाडौं । लायन्स क्लवका संस्थापक मेल्विन जोनको जन्मोत्सवको साता व्यापी कार्यक्रम अन्तर्गत लायन्स क्लवद्वारा बाराको कलैया स्थित अमृता अनाथालयमा विभिन्न सामग्री प्रदान गरिएको छ ।
लायन्स क्लव अफ वीरगंज राइजिङको तत्वाधानमा अमृता अनाथालयमा रहेका बालबालिकाहरुकालागि पाठ्यसामग्री, खेलकुद सामग्री, लुडो, चेस, क्यारेम बोर्ड, ब्याडमिन्टन, ब्याटबल, स्किपिङ रोप, टेबल टेनिस, जाडोको लागि हिटर, कम्बल, जाडोको लुगा,खाद्य सामग्री, फलफूल, लड्डु, मिठाई चकलेट इत्यादी वितरण गरिएको लायन्स क्लवका एम्बेसडर अफ गभर्नर एवं मेल्विन जोनको जन्मोत्सव समारोहका संयोजक उमेश साह कानुले बताए।
लायन्स क्लव अफ वीरगंज राइजिङका अध्यक्ष रोहित टेमानीको अध्यक्षतामा सम्पन्न सो समारोहमा अमृता अनाथालयका संस्थापकहरु फुलमति बस्नेत, गोबर्धन बस्नेत, सचिव सुभाष कुशवाहा, शर्मीला तामाङ लगायतको सहभागिता रहेको थियो भने लायन्स सदस्य प्रजय हरलालका, रोहित टेमानी, रितेश महतो, राहुल गुप्ता, अम्बर केयाल, रवी सर्राफ, अर्जुन अग्रवाल, संजय बजाज, दिनेश गुप्ता, प्रकाश श्रीवास्ताव लगायतको उपस्थिति रहेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस