पोखरा । कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै विस्फोट भएको छ । निर्वाचन अधिकृतको कार्यालयनजिकै निर्माणाधीन बसपार्कभित्र विष्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज दलहरूले उम्मेदवार मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका रहेको छ ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई उम्मेदवारी दर्ताका लागि कार्यालय पुगेको केही समयपछि विस्फोटको आवाज आएको थियो ।
तपाईंको प्रतिकृया




