डिशहोमका च्यानलहरु लोकप्रिय हुँदै

काठमाडौं ।  डिशहोमले आफ्ना ग्राहकहरुको लागि थप मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण गर्ने क्रममा आफ्नै नयाँ च्यानलहरुको प्रशारण सुरु गरिहेको छ ।

२०७४ असोज ४ गते दरबार मार्ग स्थित होटल अन्नपुर्णमा आयोजित रमाइलो नाइट नाम दिइएको च्यानल शुभारम्भ समारोहमा सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यमा डिशहोमले “रमाइलो टिभि” र “एक्सन स्पोर्टस्” च्यानलको प्रशारण सुरु गरेको हो , डिशहोमको च्यानल नं १०४ मा प्रशारण हुने रमाइलो टिभिमा नयाँ नेपाली हाँस्य श्रृंखला, नेपालीमा अनुवाद गरिएका चर्चित हिन्दी श्रृंखला, धार्मिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण भइरहेका छन् ।

यसैगरी डिशहोमको च्यानल नं १०५ मा प्रशारण हुने नेपालकै पहिलो स्पोर्ट्स च्यानल एक्सन स्पोर्ट्समा नेपालभर हुने फुटबल, क्रिकेट लगायतका बिभिन्न खेलहरुको प्रत्यक्ष प्रशारण, बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु तथा खेलकुद सम्बन्धि बिभिन्न कार्यक्रमहरु प्रशारण भइरहेका छन् ।

पूर्णरुपमा खेलकुद प्रति समर्पित यस च्यानल मार्पmत देशको कुनै पनि कुनामा संचालन हुने खेल प्रतियोगिताहरु देशभर छरिएर रहेका खेलप्रेमीहरुले प्रत्यक्ष रुपमा हेर्न पाउने हुँदा यसबाट समग्र नेपाली खेलकुदकै विकासमा महत्वपूर्ण योगदान पुगेको खेलकर्मी र खेलप्रेमीहरु बताउँछन् ।

एक्सन स्पोर्ट्समा अब रिंग रेस्लिङ्ग समेत प्रशारण हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कबर्ड हलमा २०७४ साल कार्तिक २५ गते र इटहरीको ठुलो जनता मा.वि.मा कात्र्तिक २७ गते भएको ‘दोश्रो अन्तर्राष्ट्रिय रिंग रेस्लिङ्ग प्रतियोगिता २०१७’ मा ८ देशका व्यावसायिक रेस्लिङ्ग खेलाडीको सहभागिता थियो । यो प्रतियागिता एक्सन स्पोर्ट्समा प्रत्यक्ष्य प्रशारण भएको थियो ।

अमेरिकाका प्रोरेस्लिङ्गगेमर, सिंगापुरका दी युरासियन ड्रागन, अष्टेलियाका वामबामबेलोज, मलेसियाका द बुचरम्यान, भारतका दिलदार सिंह, निल र माक्सम्यानले सहभागिता थियो ।

उक्त रोमाञ्चक प्रतिस्पर्धाका झलकहरु सहित हरेक हप्ता शुक्रबार र शनिबार नियमित डिशहोमको एक्सन स्पोर्ट्स च्यानल नं. १०५ मा बेलुकी ८ बजेबाट रिंग रेस्लिङ्ग प्रशारण हुने भएको छ । यसका साथै हाल धनगढीमा भइरहेको खप्तड गोल्डकपको हरेक खेलको प्रत्यक्ष प्रशारण पनि भइरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्याकक्षबाटै पक्राउ

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका छन् । उपत्यका अनुसन्धानका …

प्रतिकृया दिनुहॊस