प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीलाइ अस्पताल भर्ना गरिएकाे छ । प्रधानन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि उनलाई ग्राण्डी अस्पतालमा पुर्याइएकाे हाे । प्रधानमन्त्रीका निजी चिकित्सक डा दिलिप शर्माका अनुसार नियमित परीक्षणका लागि प्रधानमन्त्री ओलीलाई अस्पताल लगिएको हो ।

कात्तिक १ गते प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमा दिनभर स्वास्थ्य जाँच भएकाे थियाे । सिंगापुरमा उपचार गराएर आएपछि कात्तिक १ मा ओलीको पहिलोपटक ग्राण्डी अस्पतालमा फलोअप गरिएको थियो ।

मिर्गौला सम्बन्धी समस्याको उपचार गर्न प्रधानमन्त्री ओली पछिल्लो पटक भदौं ५ गते सिंगापुर गएका थिए ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री