अनुहार बिनाको बच्चा जन्मिएपछि डाक्टर निलम्बित

नाक, आँखा र टाउकोको भाग बिना नै एकजना बच्चा जन्मिएपछि प्रसुतीसम्बन्धी एकजना पोर्चुगलका डाक्टर निलम्बनमा परेका छन्। रोड्रिगो नामक शिशुका आमाबुवालाई यो महिनाको सुरुमा आफ्नो छोरा नजन्मिँदासम्म उसमा थुप्रै शारीरिक दुर्बलता होला भन्ने थाहै थिएन।

हेलचक्य्राइँको आरोप लागेपछि प्रसुतीसम्बन्धी डाक्टर आर्तर कारभालोलाई निलम्बन गर्न त्यहाँको मेडिकल काउन्सिलका अधिकारीहरूले निर्णय गरेका थिए।

यो घटना बाहिर आएपछि बच्चाहरूको उपचारमा भएका लापरबाहीबारे एक दशकभन्दा लामो समयदेखिका उजुरीहरू रहेको पनि खुलेको छ। पोर्चुगलका मिडियाहरूले पेस गरेका त्यस्ता उजुरीको विवरणले व्यापक रूपमा आक्रोश निम्त्याएको छ।

डाक्टर कारभालोले आफूमाथिका कुनै पनि आरोपबारे सार्वजनिक रुपमा प्रतिक्रिया जनाएका छैनन् र बीबीसीले उनलाई प्रत्यक्ष सम्पर्क गर्न सकेको छैन।

बी.बी सी बाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

वसन्त ऋतुकै पहिलो आरोहण सफल, १० शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा

काठमाडौं । यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको …

प्रतिकृया दिनुहॊस