ज्योतिषको भेषमा बालिका अपहरण गर्दैगर्दा प्रहरीले बाटोमै समात्यो 

गलकोट  । बागलुङको निसीखोलामा बालिका अपहरणको प्रयास गरिएको छ । ज्योतिष भेषका घुमन्ते ३४ वर्षीय अन्जल कुँवर क्षत्रीले निसीखोला गाउँपालिका–२ वायखोला खाडु बस्ने लोकबहादुर कुवँरकी १० वर्षीया छोरी मिनाक्षी कुँवरलाई अपहरणको प्रयास गरेको प्रहरीले वताएकाे छ ।

अपरिचित मानिसले बालिकालाई ललाइफकाई गरी बुर्तिवाङतर्फ लैजाँदै गर्दा प्रहरीले बीच बाटोमै पक्राउ गरेको थियो ।

बालिकालाई बुर्तिवाङतर्फ ल्याउँदै गरेको स्थानीयवासीले भनेपछि झिवाखोला प्रहरी र इलाका प्रहरी कार्यालय बुर्तिबाङको संयुक्त टोलीले बालिका अपहरण गर्न खोज्न क्षेत्रीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिएका छन् । खड्काले बालिकालाई पनि सोधपुछका लागि इलाका प्रहरी कार्यालयमा ल्याइएको बताएका छन् ।

बुवाआमा घरमा नभएकाे मौका छाेपी घरमा एक्लै खेल्दै गरेकी बालिकालाई नयाँ कपडा किनिदिने र रु एक हजार दिने भनी प्रलोभनमा पारेर बुतिवाङतर्फ ल्याउँदै गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हाे ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री