भोजपुर ।भोजपुरमा एक महिलाको हत्या भएको छ । षडानन्द नगरपालिका१ नेपालेडाँडाबाट खेल हेरेर घर फर्कदै गरेकी २८ वर्षीया कल्पना राईको हत्या भएको छ । राईको उपङ्खा भन्ने ठाउँमा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ । घटनामा संग्लग्न भएको आशङ्कामा प्रहरीले षडानन्द नगरपालिका ३ का प्रदीप बस्नेतलाई पक्राउ गरेको छ ।
तपाईंको प्रतिकृया



