पूर्वसांसद पोखरेलको लडेर निधन

काठमाडौं । पूर्व सांसद तथा प्याब्सनका पूर्वअध्यक्ष डा बाबुराम पोखरेलको निधन भएको छ । आज बिहान शौचालय जाने क्रममा लडेपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।  अस्पतालमा उपचारका क्रममा पोखरेलको  निधन भएको हो ।

६६ बर्षीय पोखरेल स्वासप्रस्वास र मुटुसम्बन्धी रोगबाट पीडित थिए । पोखरेलका श्रीमती र दुई छोरा छन् । पोखरेल दोस्रो संविधानसभा फोरम लोकतान्त्रिकबाट सभासद बनेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री