बालाजुमा ट्रकको ठक्करबाट एकको मृत्यु

काठमाडौँ । काठमाडौंको  बालाजुमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ना४ख१४७९ नम्बरको ट्रकको ठक्करबाट ललितपुरका ५५ वर्षीय उद्धव सुनाम नेपालीको मृत्यु भएको हो ।

ट्रक पछाडि सार्ने क्रममा  पछिल्लो चक्काले किचेर गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा पिपल्स अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री