मुक्तिनाथ विकास बैंकद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम

काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत डाँफे टोल विकास संस्था, टोखा  काठमाडौंलाई डस्टबीन हस्तातरण गरेको छ ।

टोखा–६ डाँफे बजार वरीपरीको सरसफाईमा ध्यान दिदैं बैंकले डस्टबीन वितरण गरेको हो । उक्त डस्टबीन मुक्तिनाथ विकास बैंक टोखा शाखाका प्रमुख दिनेश पन्तले डाँफे टोल विकास संस्थाका अध्यक्ष किरणदेव पन्तलाई हस्तातरण गरेका थिए ।

मुक्तिनाथ विकास बैंकले देशैभरी ११८ वटा शाखा, २२ वटा ए.टि.एम. र करिब सात लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका ATM  बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा सञ्चालनमा ल्याएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सनराईज बैंकले ल्यायो ‘शिक्षित लक्ष्मी’ कार्यक्रम

काठमाडौँ । महिला सशक्तीकरणप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै लक्ष्मी सनराईज बैंकले शिक्षित लक्ष्मी पहलको थालनी गरेको …

प्रतिकृया दिनुहॊस

This will auto close after