आइएमई जनरल इन्स्योेरेन्सको २१औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्सको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभामा सम्पूर्ण सेयरधनीलाई स्वागतगर्दै अध्यक्ष हेमराज ढकालले नेपाली बीमा बजारमा छुट्टै पहिचान स्थापित गर्न विगत ४ वर्षदेखी नयाँ बीमालेख लगाएत आफ्नो सेवालाई सात वटै प्रदेशमा विस्तारगरी सेवा प्रदान गरेको बताए ।

देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको र बीमाले आर्थिक तथा वित्तीय सुरक्षा प्रदान गर्दछ भन्ने चेतनाको विकास समाजका हरेक तह र तप्कामा गराउन सकिएमा नेपाली बीमा बजार अझै फराकिलो हुने र बीमाको दायरमा वृद्धि भई व्यावसाय र मुनाफामा वृद्धि हुने धारणा व्यक्त गरे ।

पछिल्लो समय बीमा सेवामा देखिएको प्रतिष्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, सेवाको पहुँच विस्तार आदीले बीमा व्यावसाय वृद्धि, नाफामा वृद्धिभएबाट पूंजीबजारमा समेत ठूलो हिस्सा बीमा क्षेत्रले ओगट्न सफल भएको छ ।

कम्पनीले आफना सेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशतले बोनस सेयर प्रदान गर्ने प्रस्ताव समेत पारित भएको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६ लाख पुगेको छ ।

साथै नियमाक निकायबाट निर्जीवन बीमा कम्पनी गाभ्ने– गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि निर्देशिका जारी भएको परिप्रेक्षमा कम्पनीको दायरा तथा क्षमता वृद्धि गर्ने हेतुले सभा समक्ष पेश गरिएको गाभ्ने– गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण अधिकार संचालक समितिलाई प्रदान गर्ने गरी सभाले अख्तियारी संचालक समितिलाई प्रदान गरेको छ ।

जसबाट कम्पनीले आगामी दिनमा उपयुक्त कम्पनीसंग गाभ्ने, गाभिने तथा प्राप्ति गर्न सक्नेछ ।कम्पनीले गत आ.व. मा १ अर्ब ७७ लाख बीमा शुल्क आर्जन गरि १५ करोड ९८ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ भने चालु आ।व।को हालसम्म गरिब १ अर्ब २१ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नख्खु बाढीमा बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मीको सम्मान

काठमाडाैं । प्रभु महालक्ष्मी लाइफले नख्खु बाढीमा बगाएकालाई बचाउने काभ्रेका निकलाल तामाङलाई सम्मान गरेको छ …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds