डा. रामशरण महतलाई लक्षित गरी वम विस्फोटन

काठमाडौं । कांग्रेस नेता डा. रामशरण महतलाई लक्षित गरी नुवाकोटमा शक्तिशाली  बम विस्फोट गराइएको छ ।चुनावी प्रचारका लागि नुवाकोटको ककनी गाउँपालिका जाने क्रममा वडा नम्बर ७ मा महतको गाडीमा बम बिस्फोट गराइएको प्रहरीले जनाएको छ ।

बिष्फोटनमा परी ५ जना कांग्रेस कार्यकर्ता घाइते भएका छन् । बम विस्फोटबाट घाइतेहरूमा उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सवीन लामा, रमेश राई छन् । उनीहरुको शरीरको विभिन्न भागमा चोट लागेको छ ।अहिले उनीहरुलाई  उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं   ल्याइँदैछ । डा. महत  भने सकुशल रहेको जनाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री