डा. रामशरण महतलाई लक्षित गरी वम विस्फोटन

काठमाडौं । कांग्रेस नेता डा. रामशरण महतलाई लक्षित गरी नुवाकोटमा शक्तिशाली  बम विस्फोट गराइएको छ ।चुनावी प्रचारका लागि नुवाकोटको ककनी गाउँपालिका जाने क्रममा वडा नम्बर ७ मा महतको गाडीमा बम बिस्फोट गराइएको प्रहरीले जनाएको छ ।

बिष्फोटनमा परी ५ जना कांग्रेस कार्यकर्ता घाइते भएका छन् । बम विस्फोटबाट घाइतेहरूमा उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सवीन लामा, रमेश राई छन् । उनीहरुको शरीरको विभिन्न भागमा चोट लागेको छ ।अहिले उनीहरुलाई  उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं   ल्याइँदैछ । डा. महत  भने सकुशल रहेको जनाइएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयले तीन बुँदे निर्देशन दिएको छ । अनुसन्धान …

प्रतिकृया दिनुहॊस