व्यवसायी शरद गौचन हत्यामा संलग्न सुटरसहित ५ जना पक्राउ

काठमाडौं ।प्रहरीले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न सुटरसहित ५ जनालाई  पक्राउ गरेको छ । ५ जनालाई महानगरीय प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

सुटर राजीव  स्याङ्तानले गौचनको हत्या गरेको प्रहरीले जनाएको छ ।त्यस्तै हत्यामा संलग्न   शिवजी महतो, मुकेश कुमार पाण्डे, सन्तोष गुरुङ र  प्रकाश बुढाथोकीलार्इ पक्राउ गरेको छ ।

 गत असोज २३ माकाठमाडौंको शान्तिनगर खरिबोटमा गाडी भित्रै बसेका बेला मोटरसाइकलमा आएका २ जनाले गौचनलाई गोली  हानेका थिए।

उनको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको  थियो । गौचनको पेटमा दुईवटा गोली लागेको  थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

उपत्यकालगायत मुख्य सहरमा घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण …

प्रतिकृया दिनुहॊस