भक्तपुर । भक्तपुरको सानोठिमीस्थित विश्वविद्यालय अनुदान आयोग चोकमा गएराति मोटरसाइकल दुर्घटना हुदा १ को मृत्यु भएको छ ।
विपरीत दिशाबाट आउँदै गरेका बा.४९प. १५४९ नम्बरको मोटरसाइकल र बा.९०प. ३९६५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा बा.४९प. १५४९ नम्बरको मोटरसाइकलका चालक धादिङ केवलपुर–१० घर भई हाल कुलेश्वर काठमाडौँ बस्ने सानुकाजी श्रेष्ठको मृत्यु भएको हो ।
त्यसैगरी मोटरसाइकल पछाडि सवार धादिङकै कमलबहादुर बास्कोटा घाइते भएका भएका छन् । बा.९०प. ३९६५ नंको मोटरसाइकल र त्यसका चालक मथिनपा–७ नगदेश बस्ने १८ वर्षीय रोहित बाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ
तपाईंको प्रतिकृया




