शान्तिसुरक्षा दिन नसक्ने गृहमन्त्रीले आजै राजीनामा दिनुपर्छ ।”गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले शान्ति सुरक्षा दिन नसक्ने गृहमन्त्रीले राजीनामा दिनुपर्ने वताएका छन् ।

नेपाल प्रेस युनियनको २८ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै “गगन थापाले हामीलाई सुरक्षा दिने गृहमन्त्री चाहिएको हो, “तर्साउने गृहमन्त्री होइन । शान्तिसुरक्षा दिन नसक्ने गृहमन्त्रीले आजै राजीनामा दिनुपर्छ ।”

विप्लवले जनसेना गठन गरेको र उपत्यकालाई केन्द्र बनाएको भन्ने गृहमन्त्रीको भनाइ रहेको तर यस विषयमा सचेत नरहेको भनी आलोचना गरे ।सरकारले अधिनायकवादतर्फ जान लागेको बताउँदै, “राजा ज्ञानेन्द्रलाई ठेगान लगायौं । अब राजा बन्न खोज्नेलाई रोक्ने तागत हामीसँग छ ।” भन्ने धारणा राखे ।

नेता थापाले आफूहरु मरिसकेका छैनौ भन्दै बाचुन्जेल कम्युनिष्ट अधिनायकवाद आउन नदिने बताए । कार्यक्रममा मिडिया विद्येयकलाई लागू हुन नदिन सम्पूर्ण पत्रकारहरु सचेत हुनुपर्ने वताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री