काठमाडौं । पत्रकारमाथी अहिले नेतृत्व गरिरहेकाह?बाट घात भएको नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शमाले वताएका छन् । ने
पाल प्रेस युनियनको २८ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले वर्तमान कम्युनिस्ट सरकार र विप्लव समूहबीच साँठगाँठ भएको हो कि भनेर गम्भीररुपमा आशंकासमेत गरे । 
राजाका पालामा पनि पत्रकारहरुले निर्वाध कलम चलाउन सक्ने अवस्था थिएन । अहिले बामपन्थीहरुको सरकारले पत्रकारमाथी घाँटी नै निमोठ्ने गरी नयाँ आमञ्चार विद्येयक ल्याउँदैछ । प्रेस स्वतन्त्रता कसैले पत्रकारलाई दया गरेर दिएको होईन । स्वयं यो क्षेत्रमा रातदिन खटेर जनतामा सूचना पुर्याउने विश्वासबाट आर्जित भएको भनी पत्रकारले निभाएको भुमिकाको प्रशंसा गरे ।
नेपाली कांग्रेसले पहाड जत्रो माओवादीलाई संसदमा ल्याएको स्मरण गर्दै उनले अहिले यति सानो समूहलाई पनि मिलाउन नसक्ने प्रधानमन्त्रीले कसरी देश चलाउनुहुन्छ भनी प्रश्न गरे ।
प्रेस स्वतन्त्रता कसैको कृपाले प्राप्त नभएको भन्दै कांग्रेसका प्रवक्ताले शर्माले यसका लागि पत्रकारले रगत बगाएका बताए । उनले भने, ‘सरकारले प्रेस स्वतन्त्रता कुण्ठित नगरोस् । हरेक क्षेत्रमा नियन्त्रण गर्न खोजिरहेको छ । जुन नेपाली कांग्रेसलाई स्वीकार्य हुँदैन ।’
उनले काँग्रेसलाई बलियो बनाउन सबैको पहलकदमी आवश्यक भएको वताए । काग्रेस जागरण अभियानका माध्यमबाट आफ्नो पार्टी जनताका माँझमा पुगेको वताउँदै अहिलेको आवशयकता भनेको पार्टी एकढिक्का हुनु हो । उनले थपे, हामीभित्र बलियो संरचना खडा भयो भने कम्युनिष्ठहरु आफै डराउनेछन् ।




