सनराइज बैंकको कामु सिइओमा आशा राणा नियुक्त

सनराइज बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारी नियुक्त भएकी छिन। प्रमूख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले अबकास पाएसँगै बैंकले राणालाई कामु प्रमुखको जिम्मेवारि दिएको हो।

सनराइज बैंकमा सहायक महाप्रबन्धकबाट प्रवेश गरेकी राणाले जेठ १ देखि लागू हुने गरि कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएकी हुन। बैंकिङ क्षेत्रमा ३१ बर्षभन्दा बढि समय विताईसकेकी छिन् ।

राणाले सनराईज बैंकमा ११ बर्ष काम गरिन् । राणासँग हिमालयन बैंकमा १४ बर्ष, राष्ट्रिय बाणिज्य बैंकमा साढे ६ बर्ष काम गरेको अनुभब रहेको छ।  अमेरिकाको क्यालीफोर्निया स्थित स्ट्याण्डफोर्ड बिश्वबिद्यालयबाट सन १९८५ मा अकाउन्टिंग एसिस्टेन्टको रुपमा करियर सुरु गरेकी हुन।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै …

प्रतिकृया दिनुहॊस