काठमाडौं । यूनाइटेड फाइनान्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बिमा सेवा दिने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ।
सम्झौता अनुसार यूनाइटेड फाइनान्स लिमिटेडले देशभर रहेका आफ्ना १६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बिमा योजनाहरु बिक्री गर्नेछ। महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बिमा योजना, डबल साबधिक बिमा योजना र लगानी फिर्ता बिमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरी पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म २२ वटा शाखाहरूबाट कारोबार कारोबार सुरुवात गरेको छ गरेको छ ।
उक्त सम्झौतामा यूनाइटेड फाइनान्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।
तपाईंको प्रतिकृया




