प्रधानमन्त्रीले जनतालाई होच्याएको हो : प्रकाशमान सिंह

नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंसदीय शब्द बोलेर विपक्षीलाई होच्याएको भनेका छन् । सांसदले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले ‘निम्छरो’ शब्द प्रयोग गरेकोमा उनले विपक्षी सांसदलाई मात्रै नभएर प्रधानमन्त्रीले जनतालाई होच्याएको नेता सिंहले वताएका छन् ।

नेता सिंहले ‘प्रधानमन्त्रीले गैरसंसदीय शब्दावली प्रयोग गर्ने ?, ‘विपक्षीलाई होच्याउनु भनेको जनतालाई होच्याउने हो। पदमा छु भनेर होच्याउन पाइँदैन।’’ काठमाडौंमा  राष्ट्रिय जागरण अभियानमा आयोजित कार्यक्रममा भने ।

सत्तापक्षसँग लड्न बलियो संगठन भएको पार्टी चाहिने उनले बताए। कांग्रेस नेतृत्व निरंकुश हुन नमिल्ने उनको धारणा राखे ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री