सुरु भयो कांग्रेसको ‘जागरण अभियान’

काठमाडौं । लामो समयको रस्साकस्सी र आन्तरिक तालमेल मिलाउँदा मिलाउँदै २०७४ सालको निर्वाचनबाट दोस्रो दलमा  सीमित हुन पुगेको नेपाली काँग्रेसले आफूलाई पुनः सशक्त दलको रुपमा उभ्याउन आजदेखि देशभर राष्ट्रिय जागरण अभियान सुरु गरेको हो ।

‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको उक्त अभियान तीन चरणमा वर्षभरि हुने कांग्रेसले जनाएको छ।

काठमाडौंको राष्ट्रिय सभागृहमा बुधबार औपचारिक सभा गरेर पहिलो चरणको कार्यक्रम सुरु भएको हो।  कार्यक्रममा पार्टीका नेताहरु प्रकाशमान सिह, बालकृष्ण खाँण, नरहरी आचार्य, डिला संग्रौला, तारानाथ रानाभाट, काठमाडौं सभापति सबुज बानियाँलगायत सहभागी छन् ।विभिन्न १५ बुँदे विषय उठाउँदै काँग्रेस देशव्यापी अभियानमा उत्रिएको छ । कांग्रेसले १२ भाषामा जागरण गीत तयार गरेको छ। गीतको रचनाकार पार्टी प्रवक्ता शर्मा हुन्। मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा र नेपाली भाषामा गीत तयार गरिएको  हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

स्थानीय तहहरूलाई निर्वाचन आयोगको निर्देशन- मतदानस्थलमा खानेपानी, शौचालय र विद्युत्को व्यवस्था गर्नू

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसीर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, …

प्रतिकृया दिनुहॊस