सिन्धु विकास बैंकको नाफा ३ करोड ६० लाख

काठमाडौं ।   सिन्धु विकास बैंकले चालु आ.व. तेस्रो त्रैमासमा ३ करोड ६० लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।  नाफा गत वर्षको तुलनामा ९८.७३ प्रतिशतले बढेको हो । गत वर्ष बैंकले १ करोड ८१ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

रजर्भ कोषमा ९ करोड ७१ लाख १७ हजार रुपैयाँ रहेको बैंकले चालु आर्थिक वर्षको ९ महिनामा बैंकले ९ करोड ३३ लाख १२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

गत आवको यसै त्रैमासमा ७ करोढ ४० लाख ३५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यसञ्चालन नाफा पनि २ करोड ८५ लाख ८ हजार रुपैयाँबाट बढेर ४ करोड ८० लाख ६६ हजार रुपैयाँ पुगेको छ । बैंकले २ अर्ब १ करोड ९१ लाख ९१ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ८२ करोड ७३ लाख ११ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ९ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ १ सय १९ रुपैयाँ ४२ पैसा छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री