नेपाल बैंकको मणिग्राम शाखाद्धारा खोलौं बैंक खाता अभियान सम्पन्न

काठमाडौं । नेपाल बैंकको, मणिग्राम शाखाले वित्तीय साक्षरता तथा खोलौ बैंक खाता अभियान कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले टकुलीगढ माध्यमिक विद्यालय, टिकुलीगढ तिलोत्तमा नगरपालिका वडा नं.१३ र १४ का जनसमुदायलाई लक्षित गरी उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

टिकुलीगढ माध्यमिक विद्यालयको प्राङ्गणमामा नेपाल बैंक, मणिग्राम शाखाका शाखा प्रवन्धक मेख बहादुर खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रमकमा तिलोत्तमा नगरपालिका वडा नं.१३ का वडा अध्यक्ष गणेश न्यौपाने र वडा नं.१४ का वडा अध्यक्ष सोहन प्रसाद थारुले कार्यक्रमको सफलताको सुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै, नेपाल बैंक प्रदेश नं.५, प्रादेशिक कार्यालयका प्रमुख पासाङ् दोर्जे शेर्पाले नेपाल बैंकले दिने सेवा सुविधा, आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गदै जाने लगायत प्रदेश नम्बर ५ मा थप शाखा विस्तारको भावी योजनाको बारेमा जानकारी दिए ।कार्यक्रममा प्रशिक्षकहरु मणिग्राम शाखाका शाखा प्रबन्धक मेख बहादुर खत्रीे र सहायक शाखा प्रबन्धक लोकनाथ भुषाल रहेका थिए ।

कार्यक्रममा सहभागीहरुले वित्तीय साक्षरता, खोलौं बैंक खाता अभियान तथा नेपाल बैंकले दिने सहुलियत पुर्ण कर्जाहरुको  विषयमा जानकारी हासिल गरेका थिए । साथै, वित्तीय साक्षरता, नेपाल सरकारको समृद्ध नेपाल अभियान अन्तर्गतको नेपाल बैंकको समृद्ध नेपाल अभियान बचत खाता लगायत बैंकका अन्य सेवा सुविधाका बारेमा ज्ञान तथा जानकारी हासिल गरेका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds