सुजुकी मेगा एक्सचेञ्ज मेला सुरु

काठमाडौं ।  नेपालका लागि आधिकारीक विक्रेता भीजी अटोमोबाईल्सले आफ्ना ग्राहकहरुलाई मध्यनजर गर्दै सुजुकी मेगा एक्सचेञ्ज मेला सुरु गरेको छ ।

 

 

इन्डियाद्वारा उत्पादित विश्व प्रसिद्ध जापानिज ब्राण्डको मोटरसाईकल तथा स्कुटर नेपालका लागि आधिकारिक बिक्रेता भीजी अटोमोबाईल्सले यहि बैशाख ९ गते देखि १५ गते सम्म नेपाल भरीका शोरुमहरुमा सुजुकी मेगा एक्सचेज मेला सुरु गरेको हो । यस योजना अन्तर्गत कुनै पनि ब्राण्डका मोटरसाईकल वा स्कुटर एक्सचेञ्ज गरि सुजुकीको नयाँ मोटरसाईकल वा स्कुटर खरिद गर्न सकिनेछ ।

गुड्दै नगुड्ने मोटरसाईकल वा स्कुटरलाई न्यूनतम ३० हजार तथा चालु अवस्थामा रहेका मोटरसाईकल वा स्कुटरलाई बजार मुल्य भन्दा थप १५ हजार प्रदान गरिने र नयाँ खरिदमा आकर्षक छुटको व्यवस्था रहेको छ ।

त्यसैगरी सुजुकीको नयाँ मोटरसाईकल वा स्कुटरमा ५ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री