महालक्ष्मी विकास बैंकको तर्फबाट हावाहुरीबाट प्रभावितका लागि राहत वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंकका वारा र पर्सा जिल्लाका शाखाहरु विरगंज, कलैया तथा प्रसौनी शाखाहरुको तर्फबाट मिति २०७५ चैत्र १७ गते वारा र पर्सा क्षेत्रका विभिन्न स्थानहरुमा आएको भीषण हावाहुरीबाट प्रभावित मानिसहरुको उद्धारका लागि राहत सामान वितरण गरेको छ ।

बैंकका तर्फबाट पिडित व्यक्तिहरुलाई रु. १ लाख बराबरको खाद्य सामाग्री, शुद्ध पिउने पानी लगायत तत्काल आवश्यक पर्ने सामानहरु वितरण गरिएको छ ।

बैंकले हावाहुरीबाट ज्यान गुमाउने व्यक्तिहरुका शोक सन्तप्त परिवारहरुप्रति समवेदना व्यक्त गर्नुका साथै आफ्ना शाखाहरु मार्फत थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री