काठमाडौं । काठमाडौं महानगरपालिकाले आज मंगलबारदेखि नयाँ ब्रुमर (यान्त्रिक कुचो) मार्फत सडक सफा गर्ने भएको छ । पाँचवटा ब्रुमर फरक फरक सडकमा सफा गर्ने भएको छ।
पहिलो रुट टेकुबाट सुरु भई सोल्टीमोड हुँदै कलंकी फेरि सोल्टीमोड, टेकु, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जुद्धशालिक, महांकाल, जमल, लाजिम्पाट, शितल निवास, शिक्षण अस्पताल, नारायणगोपाल चोकसम्मको मूल सडकसम्म पुग्नेछ । त्यसपछि फर्केर जमल, विश्वज्योति, घण्टाघर, भद्रकाली, शहीदगेट हुँदै सुन्धारासम्मको सडक सफा गर्नेछ।
दोस्रो रुट टेकुबाट त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बबरमहल, वानेश्वर, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म ब्रुमर पुग्नेछ । त्यसपछि त्यहाँबाट फर्केर तीनकुनेबाट कोटेश्वर पेप्सीकोलासम्मको सडक सफा गर्नेछ।
पेप्सीकोलाबाट कोटेश्वर नयाँ वानेश्वर, बबरमहल, माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, टेकु, कालिमाटी हुँदै बल्खुसम्म सफा गरेर फर्किनेछ ।
प्रतिकृया दिनुहॊस