कामना सेवा विकास बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ । कामना सेवा विकास बैंक  र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

 

सम्झौतापत्रमा  बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र तर्फबाट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि   बैंकका सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जीवन बीमालेखहरु उपलब्ध हुने छन् ।

साथै बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप