ओम डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमाबीच बीमा सेवा सम्बन्धी सम्झौता

काठमाडौँ । ओम डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमाबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा  बैंकको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र राष्ट्रिय बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले हस्ताक्षर गरे ।

 यस सम्झौता अन्र्तगत  बैंकले ल्याएकोे नयाँ बचत खाता “सुरक्षित जीवन वचत खाता“ खोल्ने ग्राहकहरुको रु ७ लाखको दुर्घटना बीमा राष्ट्रिय बीमा कम्पनी मार्फत हुनेछ । त्यसैगरी उक्त दुर्घटना बीमा श्रम ऐन २०७४ ले तोके बमाजिमकोे रहेको पनि बैंकले जनाएको छ ।

जसअनुसार संस्थाहरुले आफ्ना कर्मचारीहरुको खाता यस अन्तर्गत खोली कारोबार गरेमा ऐनले तोके बमोजिम दुर्घटनाको बीमा बैंकको तर्फबाट गरिदिने पनि बैंकले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत रहेका अर्जुन राज खनियालाई सहायक …

प्रतिकृया दिनुहॊस