काठमाडौं । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
८२ वर्षीय अधिकारीको ह्याम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति ९ बजेर ३५ मिनेटमा निधन भएको थियो । पूर्वमन्त्री अधिकारीलाई उनका तीन छोरीले दागबत्ति दिएका छन् ।
अन्त्येष्टिअघि आर्यघाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले राष्ट्रिय झण्डा ओढाएका थिए । पूर्वमन्त्री अधिकारीको पार्थिव शरीरलाई प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
दिवंगत नेता अधिकारीका श्रीमती र तीन छोरी छन् ।
प्रतिकृया दिनुहॊस