काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले १७ लाख ३९ हजार ७८८ कित्ता शेयरको प्रतिशेयर एक सयका दरले आइपीओ निष्कासन गरेको छ । पाँचथर जिल्लामा अवस्थित तल्लो हेवा खोला जलविद्युत् आयोजनाबाट २१.६ मेगावाटको विजुली उत्पादन गर्न यो आयोजनाले काम गरिरहेको छ ।
यो कम्पनीको एक अर्ब २५ करोड रुपैयाँको जारी पुँजी रहेको छ । यसलाई कम्पनीले १ करोड २५ लाख थान शेयरको रुपमा विभाजन गरेको छ । यो कम्पनीले १० प्रतिशत अर्थात १२ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि यस अघि नै निष्कासन भएको थियो । यसबाट ६ लाख ८३ हजार ८९० कित्ताको लागि मात्रै आवेदन परेको र बाँकी रहेको ५ लाख ६६ हजार ११ हजार कित्ता शेयर सर्वसाधारणको लागि बेचिने भएको छ ।
यो आयोजनाले ३६ हजार ३२२ कित्ता कर्मचारीलाई र ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छ्ट्याएर बाँकी रहेको १७ लाख ३९ हजार ७८८ कित्ता शेयरको सर्वसाधाणका लागि बिक्री गर्ने भएको छ । यो कम्पनीले स्वकृत विवरणपत्र मार्फत निष्कासन गरिने साधारण शेयरको सार्वजनिक निष्काशन गनकालागि ईक्रा नेपालबाट ईक्रा एनपि आईपिओ ग्रेड ४ को प्रमाणपत्र पाएको छ ।
यो जलविद्युत् आयोजनको कुल लागत ४ अर्ब २८ करोड रहेको छ। यसको प्रति मेगावाट लागत १९ करोड ८२ लाख रुपैयाँ हुने छ । यस आयोजनाले लगानीफिर्ता हुनेअवधि ८ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुनेअवधि १० वर्ष हुने जानकारी पनि दिएको छ ।
प्रतिकृया दिनुहॊस