ब्राइटफ्युचरको प्रथम स्काउट दिक्षान्त समारोह सम्पन्न

काठमाडौँ । चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीकोले आफ्नो नगर भित्र स्काउटिङ्ग शिक्षाको विकासमा जोड् दिने बताएका छन् ।

नैकाप स्थित ब्राइटफ्युचर स्काउट ट्रुपको प्रथम स्काउट दिक्षान्त समारोहलाई सम्वोधन गर्दै गिरिले स्काउटिङ्गले बालबालिका, किशोरकिशोरी र युवाहरुको शारिरीक, मानसिक, सामाजिक, आध्यात्मिक एवं संवेगात्मक भावनाको विकाशमा योगदान पु¥याउन सहयोग गर्ने भएको हुँदा नगर भित्र यसको आवश्यकता अपरिहार्य रहेको बताए ।

त्यसैगरी समारोहका विशिष्ठ अतिथी एवं नेपाल स्काउटका पूर्व प्रमुख आयुक्त रवीन दाहालले संघिय संरचना अनुरुप अबको स्काउटिङ्ग अघि बढ्ने हुदाँ स्काउटिङ्ग विकाशमा नगरपालिकाको भूमिका महत्वपूर्ण हुने औल्याए ।

दाहालले शिक्षाको विकाशमा स्काउटिङ्गलाई अभिन्न अंग बनाउँने हो भने स्काउटमा राज्यले लगानी र सम्पूर्ण स्काउट लिडरले सक्रियता बढाउनु पर्ने कुरामा जोड दिए ।

टु«पका अध्यक्ष एवं व्राइटफ्युचर सेकेण्डरी स्कुलका प्रिन्सिपल दयाराम थापाको अध्यक्षतामा सम्पन्न दिक्षान्त समारोहमा ९६ जना व्वायज स्काउट र ९४ जना गल्र्स स्काउट दिक्षित भएका थिए ।

समारोहमा नेपाल स्काउटका राष्ट्रिय सहायक प्रशिक्षकहरु शिवराम अर्याल, महेन्द्रराज रंजित, विदुर गिरी, राजिव खत्री र शम्भुराज शर्मा समेत उपस्थिती रहेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा

काठमाडौं । सहकारीको रकम अपचलनका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका छन् । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले जिल्ला अदालत काठमाडौंमा धरौटी बापत बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।

प्रतिकृया दिनुहॊस