काठमाडौँ । मौसममा केही सुधार भई घाम लागे पनिआजबाट देशभरीकै मौसम पुनः प्रभावित भई झरी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको नयाँ प्रणाली सोमबार बिहानबाट भित्रिँदै कारणले गर्दा देशका पश्चिमी भूभागलगायत पूर्वी तथा पहाडी क्षेत्रमा आंशिक बदली रही देशको पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा र पूर्वी पहाडी भेगका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मङ्गलबार देशको पश्चिमी भेगमा सामान्य बदली रही पश्चिमी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।
तपाईंको प्रतिकृया




