काठमाडौं । एनएमबी बैंकले चालु आर्थिक वर्षको छ महिनामा १५.३० प्रतिशतले नाफा बढाउँदा एक अर्ब १० करोड रुपैयाँ आर्जन गरेको छ। बैंकको खुद व्याज आम्दानी ४९ प्रतिशतले बृद्धि भएको छ। बैंकको व्याज आम्दानी ३१ प्रतिशतले बृद्धि हुँदा व्याज खर्च भने २३ प्रतिशत मात्रै छ। बैंकले दुई अर्ब रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ।
बैंकले छ महिनाको अवधिमा निक्षेप संकलन ९.३० प्रतिशतले बढाउदा ऋण लगानी भने २१.६ प्रतिशतले बढाएको छ। यहि अवधिमा ८८ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरी ८५ अर्ब ३७ करोड रुपैयाँ ऋण लगानी विस्तार गरेको छ।
एफपिओ र बोनस शेयरबाट चुक्ता पूँजी ८ अर्ब ७४ करोड रुपैयाँ जुटाएको छ। एफपिओको प्रिमियम सहित जगेडा कोषमा ७१ प्रतिशतले बृद्धि ९ अर्ब २४ करोड रुपैयाँ जम्मा भएको छ। पूँजीको बृद्धि भए सँगै पूँजीकोष २.४ प्रतिशत विन्दुले बढेर १५.४४ प्रतिशत पुगेको छ।
खराव कर्जा ०.४० प्रतिशत विन्दुले सुधार भएर ०.७६ प्रतिशतमा झरेको छ। आधार व्याजदर ०.२० प्रतिशत विन्दुले घटेर १०.११ प्रतिशत रहेको छ। स्प्रेड दर थप ०.३० प्रतिशत विन्दुले बढाएर ३.९९ प्रतिशत छ। प्रतिशेयर आम्दानी स्थिर राख्दै २५ रुपैयाँ छ।
प्रतिकृया दिनुहॊस