जनता बैंकले गर्याे महानगरीय प्रहरी परिसर टेकुसहित ३ संस्थालाई सहयोग

काठमाडौं ।जनता बैंकले महानगरीय प्रहरी परिसर टेकुसहित ३ संस्थालाई सहयोग गर्याे । ‘समुदाय–प्रहरी साझेदारी’कार्यक्रममा जनता बैंकले सचेतना मुलक सामाग्री प्रदान गरिएको छ । बैंकको संस्थागत मामिला तथा सामाजिक उत्तरदायित्व विभाग प्रमुख छविलाल हुमागाई र ब्रान्डिङ प्रमुख शैलेन्द नाथले बैंकको तर्फबाट १० प्रकारका २५हजार थान जानकारी मुलक स्टिकर प्रहरी महा निरिक्षक शैलेन्द्र खनाललाई हस्तान्तरण गरे ।उक्त हस्तान्तरण गरिएको स्टिकरमा सिधा सम्पर्क गर्न सकिने प्रहरी अधिकारी र कार्यालयको सम्पर्क नम्बरहरु उल्लेख गरिएको छ ।

प्रहरीका अनुसार महानगरका करिब ४ लाख घरमा यस्तो स्टिकर राखिने कार्यक्रम रहेको जनाएका छन् । त्यस्तै गरी बैंकले चितवनस्थित जमुनापुर हेल्थ सोसाइटीलाई सामुदायिक भबन निर्माण सहयोगार्थ रु. १ लाख ५० हजार र धरानमा अवस्थित असहाय सहयोग परिषदलाई रु. १ लाख सञ्चालन अनुदान प्रदान गरिएको छ ।

यसैगरी त्रिवेणीघाट पनौतीमा रहेको मंैत्री बृद्धाश्रममा ३६० लिटर क्षमताको सोलार वाटर हिटर जडान गरी हस्तान्तरण गरिएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री