१० श्रावण २०८३, आईतवार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

 

काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा सरदर भन्दा उत्तरतर्फ तथा पूर्वी भूभागमा सरदर स्थानको आसपासमा रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश तथा कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल र बाँकी तराई भू(भागमा आंशिक बादल लागेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभाग एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू्भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थान, मधेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी ,बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभाग एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप