चप्पल कारखाना अगाडि भयाे सवारी दुर्घटना

दुई वटा गाडी एकआपसमा ठोक्किएर काठमाडौं । काठमाडौँको महाराजगञ्जस्थित चप्पल कारखाना अगाडि दुर्घटना भएको छ ।  शुक्रबार दिउँसो करिब १ बजेतिर भएको दुर्घटनामा दुई गाडी आपसमा ठोक्किएपछि अनियन्त्रित भई सडकमा गुडिरहेका तीनवटा मोटरसाइकललाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ ।

घाइतेको उद्धार गर्न महाराजगञ्ज प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।  प्रहरी वृत्त महाराजगञ्जका अनुसार दुर्घटनामा परेका सवारी साधन र घाइतेहरूको विवरण संकलन भइरहेको छ । दुर्घटनामा संलग्न गाडीहरूको नम्बर र पहिचान खुल्न बाँकी रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री