हिमालयन बैंकको नाफा २ अर्ब १७ करोड

काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्ष ०७३/०७४ मा खुद नाफा २५ करोड रुपैयाँ बढाएको छ ।

गत आवको असारसम्म बैंकले २ अर्ब १७ करोड ६४ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत असारसम्म बैंकले ९२ अर्ब ८८ करोड ११ लाख रुपैयाँ निक्षेप परिचालन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ८७ अर्ब ३३ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । गत वर्ष बैंकले ६ अर्ब रुपैयाँ मात्र निक्षेप बढाएको छ । समीक्षा अवधिमा बैंकले ७७ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ६७ अर्ब ७४ करोड ५९ लाख रुपैयाँ लगानी गरेको छ । एक वर्षको अवधिमा बैंकले कर्जा लगानी ११ अर्ब रुपैयाँ बढाएको छ । बैंकको खराव कर्जा १ प्रतिशत तल रहेको छ । पुँजीगत लागत ३.९९, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९ र आधार दर ९.५७ प्रतिशत रहेको बैंकले जनाएको छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ५३ पैसा छ । बैंकको चुक्तापुँजी साढे ६ अर्ब रुपैयाँ पुगेको छ । बैंकको बचत ५ अर्ब २७ करोड ४४ लाख रुपैयाँ छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

टेलिकमको दशैँ अफर

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दशैँ, तिहार तथा छठलगायतका अवसरमा दशैँ अफर २०८१ …

प्रतिकृया दिनुहॊस