काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर २ लाख ८७ हजार १ सय रुपैयाँमा कारेबार भएको छ ।
मंगलबार सुनको मूल्य तोलामा २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि ५५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदीको मूल्य ४ हजार ५५५ रुपैयाँमा कारोबार भएको थियो ।
तपाईंको प्रतिकृया



