सुर्खेतबाट कालिकोट जाँदै गरेको बस दुर्घटनामा

काठमाडाैं । आज सुर्खेतबाट कालिकोट जाँदै गरेको यात्रुबाहक मिनी बस दुर्घटनामा परेकाे छ ।  दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, सांगेतडा क्षेत्रमा कर्णाली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना बेपत्ता भएका छन् ।

कर्णाली प्रदेश प्रहरीका अनुसार क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स हायस बिहीबार बिहान करिब ११:३० बजे अनियन्त्रित भएर सडकबाट कर्णाली नदीमा खसेको हो ।  बसमा चालकसहित १४ जना सवार थिए ।दुर्घटनामा परेका मध्य  एक जनाको शव घटनास्थल नजिकै फेला परेको छ भने बाँकी यात्रुको अवस्था अझै अज्ञात रहेको प्रहरीले जानकारी दिएकाे छ ।

 घटनाको वास्तविक कारण खुल्न बाँकी रहे पनि बस कसरी अनियन्त्रित भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। अधिकारीहरूले मृतकको पहिचान तथा बेपत्ता यात्रुको खोजी जारी रहेको जानकारी दिएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री