आज मदन भण्डारीको ७५औँ जन्म जयन्ती मनाइँदै

काठमाडौं । आज तत्कालीन नेकपा (एमाले)का महासचिव तथा ‘जनताको बहुदलीय जनवाद’ (जबज)का प्रवर्तक जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्ती देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।

जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले काठमाडौँस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरेको छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा दिउँसो १:३० बजे सुरु हुने कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुनेछन् । कार्यक्रमलाई नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ ख

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री