सुनको मूल्य बढ्दा चाँदी भने घट्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो ।

बिहीबार २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोवार भएको छापावाला सुन आज प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोवार भैइरहेको छ । यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । बिहीबार ४ हजार २३५ रुपैयाँमा कारोवार भएको चाँदी आज ५५ रुपैयाँले घटेर ४ हजार १८० रुपैयाँमा कारोवार भैइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री