काठमाडौं । आज(वुधबार) देखि काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा आएको छ । २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा क्षतिग्रस्त बनेको उक्त स्टोर मर्मत तथा पुनर्निर्माणपछि बुधबारदेखि पुनः ग्राहकका लागि खुला गरिएको हो ।
आगलागीका कारण ठूलो क्षति व्यहोरेको स्टोरलाई पुनर्निर्माण गरी आजबाट नियमित सेवा सञ्चालनमा ल्याइएको भाटभटेनी छ । स्टोर पुनः सञ्चालनमा आएसँगै स्थानीय उपभोक्ताले सहज रूपमा सेवा लिन सक्ने भएका छन् ।
तपाईंको प्रतिकृया



