काठमाडौं । आज (मंगलबार) नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १६०० सय रुपैयाँले घटेर २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
सोमबार सुनको मूल्य २ लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य आज घटेको छ । आज चाँदीको मूल्य ४ हजार ५९० रुपैयाँमा कारोबार भएको छ । सोमबार ४ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो ।
तपाईंको प्रतिकृया



